बिर्तामोड : बिर्तामोडबाट मंगलवार दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ। कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा रहेका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ स्थित तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको हो। बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूलाई उद्धार गरेको…