बाह्रदशीमा एमालेको प्रशिक्षण : सशुल्क सहभागी भए स्थानीय नेता

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा वडादेखि जिल्ला तहका स्थानीय नेताले शुल्क तिरेर राजनीतिक प्रशिक्षण लिइरहेका छन् । बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा सशुल्क प्रशिक्षण सञ्चालन गरिरहेको अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । दुई दिनसम्म सञ्चालन गरिने राजनीतिक प्रशिक्षणमा राजनीतिक एवम् वैचारिक, पार्टी निर्माण, अनुशासन लगायतका विषयवस्तुहरु केन्द्रित गरिने अध्यक्ष सापकोटाको भनाई छ ।…