सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण

विराटनगर । सुनसरीको हरिनगरामा बुधबार दिउँसो प्रहरीको गाडीमा आक्रमण भएको छ । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले नेपाल प्रहरीको गाडीमा ढुंगामुढा गरेको हो । आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख, इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले…