पेनाल्टीमा धुलाबारीलाई हराउँदै बुधबारे उपाधि नजिक झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । अन्तिम सेमिफाइनल खेलमा आदर्श युवा क्लब बुधबारेले धुलाबारी फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । अब उपाधिका लागि आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।…