बिर्तामोड । असोज १ गते विश्वकर्मा पूजा । विश्वकर्मा पूजामा सबैभन्दा धेरै उपभोग हुने प्रसादमा पर्छ, बुनिया । विश्वकर्मा पूजा अघि नै मिठाई व्यवसायीहरुले बुनिया तयार गर्दै आएका छन् । आज झापाको बिर्तामोड बजारमा मिठाई पसलहरुलाई बुनिया बनाउन भ्याइनभ्याई थियो । व्यवसायीहरु मात्र होइन, अन्य व्यवसायीहरुले समेत सडक आसपासमा बुनियाको व्यापार गरेको देखिएको छ ।…