भद्रपुर । पछिल्लो समय सहकारी संस्थाहरू वित्तीय कारोबारमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका सेवामूलक गतिविधिमा सक्रिय हुन थालेका छन् । यसै सन्दर्भमा झापाको हाम्रो नेपाल साकोसले मोफसलका विपन्न तथा ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित बृहत् स्वास्थ्य अभियान सञ्चालन गरेको छ । संस्थाको मुख्य कार्यालय बिर्तामोडको आयोजना तथा ओम् साई…