बिर्तामोड । भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम बुट्टाबारी युनाइटेड ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ। आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेडले तरञ्जुबारीविरुद्ध संघर्षपूर्ण जित हात पारेको हो। बुट्टाबारीको जितका लागि खेलको ३० औँ मिनेटमा प्रदिप बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो।…