काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियामा नजाने निर्णयमा पुगेका छन्। पार्टी एकतामा असर पर्ने भन्दै दुवै नेताले फरक–फरक नेतृत्व बनाउने प्रक्रियाप्रति असहमति जनाएका हुन्। शर्माले नेतृत्व चयनले कांग्रेसलाई विभाजनतर्फ लैजाने खतरा रहेको उल्लेख गर्दै आफू अन्तिम समयसम्म सहमतिको प्रयासमै रहने बताएका…