बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग गरेको छ । झापाको कनकाई –१ जमुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा पुगेर खाद्यन्नसहित नगद हस्तान्तरण गरेको हो । इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको…