काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जालमार्फत् मंगलबार उनको उनको निधन भएको पुष्टि गरेको छ । बीएनपीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको मंगलबार बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भएको जनाएको छ । पाँच दिनअघि मात्र उनका छोरा तारिक…