काठमाडौँ । आठौँ एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड - २०८२ अन्तर्गत उत्कृष्ट आधुनिक गायकको अवार्ड गायक शिव परियारले प्राप्त गरेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रवार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सव समारोहमा ‘तिमी अर्कैको भइसक्यौ’ गीतबाट परियार उक्त अवार्डबाट सम्मानित भएका हुन् । उत्कृष्ट आधुनिक गायक विधामा परियारसँगै ‘सुन्छौ मलाई कसम’ बाट प्रवीण भेटवाल,…