विद्रोही क्लबमाथि स्पष्ट जित निकाल्दै हल्दिवारी सेमिफाइनलमा

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकपमा हल्दिवारी एफसीले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमवार भएको खेलमा हल्दिवारीले पश्चिम बंगालको जोल्पा जते सन्थाल विद्रोही क्लबलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलभरि आक्रामक देखिएको हल्दिवारीले विपक्षीमाथि पूर्ण नियन्त्रण जमाएको थियो । खेलको ३८औं…