विद्यार्थी संगठन रचनात्मक बन्नुपर्छ

सम्पादकीय एकबेला थियो, विद्यार्थी संगठनहरुले सडक बन्द गर्ने, टायर बाल्ने र ढुङ्गा हान्ने । त्यो बेला संगठनहरुले गरेका आन्दोलनबाट विद्यार्थी जीवनमा धेरै मागहरु पुरा भए । धेरै मागहरुमध्ये एउटा माग, सार्वजनिक यातायातमा छुट । अहिले पनि विद्यार्थीहरुले परिचय कार्ड देखाएमा छुट पाइन्छ । त्यो विद्यार्थी आन्दोलनको उपज हो । अब, आन्दोलन त्यो प्रकृतिको आवश्यक छैन…