सम्पादकीय डिजिटल जीवनशैलीसँग जब विश्व जोडियो, तब पठन संस्कृति हराउँदै गयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगले पाठ्यपुस्तकको बिक्री होस् वा पत्रपत्रिकाको प्रकाशन, ती सबै खुम्चिँदै गए । पढाइलाई ज्ञानभन्दा अङ्कसँग जोड्ने परीक्षा केन्द्रित शिक्षा प्रणालीको प्रभाव पनि पठन संस्कृतिमा देखियो । पठन अभ्यास केवल अङ्क प्राप्तिको सीमामा कैद भयो । सामाजिक सञ्जालमा देखिने छोटो भिडियो,…