झापा । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान बिहीवारसम्म सञ्चालन हुने जनाइएको छ । नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन संगीता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेरअनुसार…