नेपालको २० प्रतिशतभन्दा धेरै जनसंख्या गरिबीको रेखाभन्दा तल

झापा । नेपालमा झन्डै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०५२ सालदेखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा…